Logo

ज्योति विकास बैंकको एकै साथ दुई शाखा विस्तार, पुग्यो वालिङ र तानसेनमा

ज्योति विकास बैंकको एकै साथ दुई शाखा विस्तार, पुग्यो वालिङ र तानसेनमा



काठमाडौं । ज्योति विकास बैंकले एकै साथ २ शाखाको विस्तार गरेको छ । बैंकले स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा आईतबार शाखा विस्तार गरेको हो ।

बैंकले विस्तार गरेको वालिङ शाखाको वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँण र बैंकका अध्यक्ष हरि चन्द्र खड्का तथा तानसेन शाखाको तानसेन नगरपालिका मेयर अशोक कुमार शाही तथा बैंकका संचालक नारायण प्रसाद पौड्यालले संयुक्त उद्घाटन गरेका छन ।

बैंकले ८१ शाखा तथा २२ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ९ वटा शाखा तथा थप २७ स्थानमा एटिएम विस्तार गर्ने भएको छ ।

हाल सम्म बैंकले २३ अर्ब रुपैयाँ भन्दा बढि निक्षेप संकलन गरी १८ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL