Logo

एनआईसी एशियाको शाखा रहित बैंकिङ सेवा कुन्तादेवीपसल डाँँडामा, सेवा संख्या २० पुग्यो

एनआईसी एशियाको शाखा रहित बैंकिङ सेवा कुन्तादेवीपसल डाँँडामा, सेवा संख्या २० पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले ओखलढुङ्गाको कुन्तादेवी पसल डाँँडामा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको उक्त सेवाको सांसद यज्ञ राज सुनुवारले उदघाटन गरेका छन ।

उक्त सेवा मार्फत विभिन्न निक्षेप, खाता खोल्न, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने लगायतका सेवा लिन सकिने बैंकले जानकारी दिएको छ । बैंकले बजार प्रतिनिधिमा संजय खत्रीलाई नियुक्त गरेको छ ।

बैंकले २ सय ७० शाखा, २ सय ८५ एटिएम, ३७ एक्स्टेन्सन काउण्टर तथा २० शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL