काठमाडौं । ज्योति विकास बैंकले आफ्नो नयाँ शाखा सल्यानमा संचालनमा ल्याएको छ । बैंकले शुक्रबार एक कार्यक्रमकाबीच सल्यानको कपुरकोट गाउँपालीका वडा नं ३ मा उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन ।
बैंकले हाल ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा दिँदै आईरहेको छ । उक्त शाखा संचालनमा आएसँगै बैंकको शाखा संख्या ८० पुगेको हो ।
बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १८ अर्ब ५० करोडभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड कायम रहेको छ ।