काठमाडौं । ग्लोबल आईएमई बैंकले लाभांस घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई बोनस सेयर दिने घोषणा गरेको हो ।
बैंक संचालक समितिको आज बसेको बैंठकले गत बर्षको वितरणयोग्य नाफाबाट लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।
उक्त बोसन सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर बैंकको आगामी दिनमा बस्ने साधारणसभाबाट पारित गराएर वितरण गरिने भएको छ ।