Logo

एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त, ३ दशकको बैंकिङ अनुभव

एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त, ३ दशकको बैंकिङ अनुभव



काठमाडौं । एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुधिरनाथ पाण्डे नियुक्त भएका छन ।

बैंकको सोमबार बसेको ३ सय ८० औं सञ्चालक समितिको बैठकले बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत उनलाई उक्त पदमा बढुवा गरेको हो ।

२०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश उनले विभिन्न बैंकहरु तथा एनआईसी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समय देखि विभागीय प्रमुखको भूमिका निर्वाह गर्दै आएका थिए ।

उनिसँग ३ दशक लामो बैंकिङ अनुभव रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL