Logo

आइएमई लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सम्झौता, बैंकमार्फत बीमा सेवा

आइएमई लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सम्झौता, बैंकमार्फत बीमा सेवा



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकबीच एक सम्झौता भएको छ ।

उक्त बैंक र ईन्स्योरेन्स कम्पनीबीच आईतबार बैंकमापर्फत बीमा सेवा दिने सम्बन्धी सम्झौता भएको हो ।

इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र नेपाल इन्भेष्टमेन्ट बैंकका नायब कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले नेपाल इन्भेष्टमेन्ट बैंकको शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL