Logo

एनआईसी एसियाका लगानीकर्ता लाई १० प्रतिशत बोनस सेयर, स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश

एनआईसी एसियाका लगानीकर्ता लाई १० प्रतिशत बोनस सेयर, स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश



काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको आज बसेको बैंठकले लगानीकर्तालाई उक्त बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

संचालक समितिले बोनस सेयरका साथै उक्त बोनसका लाग्ने कर प्रयोजनका लागि शुन्य दशमलव ५२ प्रतिशत नगद लाभांस समेत दिने गर्ने भएको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंको स्वीकृति पश्चात बैंकको आगामी दिनमा साधारणसभाबाट पारित गरी वितरण गरिने भएको छ ।

बैंकले चालू आर्थिक बर्षको पहिलो ३ महिनासम्ममा १ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । सो अबधिमा बैंकको नाफा १ सय ७० प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL