काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सेवा २५ बर्ष पुगेको उपलक्ष्यमा निशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरेको छ ।
बैंकले आफ्नो ग्राहक, कर्मचारी, सर्वसाधारण का लागि उक्त शिविर सोमबार आफ्नो प्रधान कार्यालय लाजिम्पाटमा संचालन गरेको हो ।
बैंकका अनुसार उक्त शिविरमा करिव २ सय जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।
बैंकले शिविरमा स्त्रीरोग, सामान्य सेवा, कार्डियोलोजी, प्याथोलोजी, इन्डोक्रिनोलोजी लगायतका समस्याको चेकजाँच गरिएको जानकारी दिएको छ ।
बैंकले हाल ८६ ओटा शाखा, ३ एक्स्टेन्सन काउन्टर, १ सय १३ ओटा एटिएमबाट सेवा दिइरहेको छ ।