Logo

एनआईसी एशिया रेमिटको तिहार र छठ योजना, ३ पटक पैसा पठाउँदा एक पटक सित्तैमा

एनआईसी एशिया रेमिटको तिहार र छठ योजना, ३ पटक पैसा पठाउँदा एक पटक सित्तैमा



काठमाडौं । एनआईसी एसिया रेमिटले तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुका लागि ३ पटकसम्म रेमिटमार्फत पैसा पठाए एक पटकसम्म निशुल्क सेवा दिने योजना सार्वजनिक गरेको हो ।

बैंकले तिहार र छठको अवसरलाई ध्यानमा राख्दै नेपालभरी एक ठाउँबाट अर्काे ठाउँँमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक तेस्रो कारोवार सित्तैमा पठाउने छुट प्रदान गरेको छ ।

उक्त विप्रेषण रकम बैंकका मुलुकभर फैलिएको २ सय ६५ शाखा कार्यालयहरु, २९ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ ईकाई एवं ६ हजार ७ सय भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत भुक्तानी पाउन सकिने छ ।

उक्त सुविधा कात्र्तिक र मङ्सीर महिना सम्मको लागि लागू हुने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL