बिजखबर संवाददाता
१८ चैत,काठमाडौं । कुमारी बैंक लिमिटेडले १४औं वार्षिक उत्सवको अवसरमा आकर्षक मुद्दति निक्षेपमा योजना सञ्चालनमा ल्याएको छ । १ सय दिने उक्त मुद्दति खातामा ६ दशमलव ५० प्रतिशत व्याजदर दिने बैंकले जानकारी दिएको छ ।
सो खाता न्यूनतम १ लाखमा खोल्न सकिने बैंकले जानकारी दिएको छ । साथै खातावाट छोटो अवधिमा उच्च प्रतिफलको लाभ लिन सकिने बैंकके बताएको छ । योजना चैत १५ देखि १ महिनासम्म लागु गरिएको छ ।
बैंकको हाल ३४ शाखा, २ एक्स्टेन्सन काउन्टर तथा ४० एटिएम सञ्चालनमा रहेका छन् ।