काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा भोजपुरको दिङ्लामा संचालनमा ल्याएको छ ।
बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै षडानन्द नगरपालिकाका मेयर विरबल राईबाट उक्त नयाँ शाखाको उद्घाटन गरेको हो ।
बैंकले हाल २ सय ६४ शाखा कार्यालयहरु, २ सय ६२ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गदैं आईरहेको छ ।