काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको मध्यबानेश्वरमा एटिएम संचालनमा ल्याएको छ ।
बैंकले ग्लोबल कलेज अफ म्यानेजमेन्टमा एटिएम सेवा आईतबारबाट संचालनमा ल्याएको हो ।
बैंकले ८० शाखा, ७६ एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सेवा समेत उपलब्ध गराउँदै आएको छ ।