Logo

बैंकिङ कसुरका दोषी तत्कालिन किष्ट बैंकका प्रबन्ध संचालक कमल ज्ञवाली पक्राउ, भारतबाट ल्यायो प्रहरीले

बैंकिङ कसुरका दोषी तत्कालिन किष्ट बैंकका प्रबन्ध संचालक कमल ज्ञवाली पक्राउ, भारतबाट ल्यायो प्रहरीले



काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भएका तत्कालिन किष्ट बैंकका प्रबन्ध संचालक कमल ज्ञवाली पक्राउ परेका छन । अदालतबाट बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका ज्ञवालीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरेको हो ।

६ करोड सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा प्रहरीले अनुसन्धान थालेलगत्तै ज्ञवाली फरार थिए ।

ज्ञवालीलाई २०७३ जेठमा तत्कालीन पुनरावेदन अदालतले पाटनको वाणिज्य इजलासले बैंकिङ कसुरमा दोषी ठहर गरेको थियो । अदालतले दोषी ठहर गरेसँगै उनी फरार सूचीमा थिए ।

ज्ञवालीलाई ४ वर्ष कैद र १२ करोड ५० लाख रुपैयाँ जरिवाना तिराउने फैसला अदालतले गरेको थियो ।

अदालतले फैसला सुनाए पछि फरार रहँदै आएका ज्ञवालीलाई २ वर्षपछि प्रहरीले भारतबाट पक्राउ गर्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL