काठमाडौं । मेगा बैंक नेपालले थप ३ स्थानमा एटिएम सेवा विस्तार गरेको छ ।
बैंकले काठमाडौँको सिटी सेन्टर, टेकु अस्पताल तथा सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि एटिएम सेवा विस्तार गरिएको हो । ३ स्थानमा एटिएम सेवा विस्तार सँगै सो बैंकको एटिएम सेवा संख्या ७९ पुगेको छ ।
बैंकले हाल १ सय १ शाखा १४ वटा एक्टेनशन काउन्टर, १ सय १९ शाखारहित बैंकिङ सेवा तथा २ हजार भन्दा बढी मेगा रेमिट सञ्जाल मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।