काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको बाफलमा शाखा स्थान्तरण गरेको छ ।
विशेषत कलंकी तथा सितापाइला आसपासका स्थानीयलाई वित्तीय कारोबार छिटो, छरितो र सहज तवरले प्रदान गर्न न्यूरोडको मुन्चा हाउसमा रहेको सो शाखालाई बाफलमा स्थानान्तरण गरिएको हो । बाफलमा स्थान्तरण गरेको उक्त शाखाको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले उद्घाटन गरेका छन ।
बैंकले ७७ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै वित्तीय पहुँच नपुगेको क्षेत्रमा सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले बैंकले सेवा विस्तारको अभियानलाई निरन्तरता दिइरहने समेत जानकारी दिएको छ ।
बैंकले १ सय ३ एटिएम, ६० शाखारहित बैंकिङ तथा ९ वटा राजश्व संकलन केन्द्र मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
साथै बैंकको ७ सय ९० बढी भिसा तथा एनपिएन एटिएम रहेको छ । भर्खरै यूरोमनि अवार्ड ‘उत्कृष्ट बैंक नेपाल २०१८’ जितेको बैंकले ५ पटकसम्म ‘बैंक अफ द इयर’ अवार्ड समेत प्राप्त गरिसकेकोे छ ।