Logo

ग्रामीण विकासका लागि सिटिजन्स बैंक र गुड नेइभरको सहयोग, ३,६३३ परिवारको लागि ५ करोड १७ लाख प्रदान

ग्रामीण विकासका लागि सिटिजन्स बैंक र गुड नेइभरको सहयोग, ३,६३३ परिवारको लागि ५ करोड १७ लाख प्रदान



काठमाडौं । सिटिजन्स बैंकले विश्व खाद्य कार्यक्रम र गुड नेइभर ईन्टरनेशनलको सहकार्यमा नगद हस्तान्तरण गरेको छ ।

बैंकले कामका लागि नगद वितरण योजना अन्तरर्गत डोटी जिल्लाको पोखरी, सानागाँउ, लादागाडा, गाँजरी, गहिरागाँउ, खिरसेन र काडामाण्डु गाविसको ३ हजार ६ सय ३३ परिवारको लागि ५ करोड १७ लाख ७६ हजार ८ सय ३५ रुपैयाँ नगत हस्तान्तरण गरेको हो ।

विशेष गरी स्थानीय बाटो निर्माण गरेवापत ‘कामका लागि नगद’ वितरण योजना अन्तरर्गत उक्त नगद भुक्तानी गरिएको हो । स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने बैंकले विश्वास लिएको छ ।

बैंकले ७९ शाखा, ७२ एटिएम र ९९ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले निक्षेप तथा कर्जा सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL