Logo

ग्लोबल आइएमईको शाखा गोरखा र नवलपरासीमा, १४ वटै अञ्चलबाट बैंकिङ सेवा

ग्लोबल आइएमईको शाखा गोरखा र नवलपरासीमा, १४ वटै अञ्चलबाट बैंकिङ सेवा



काठमाडौं । ग्लोबल आइएमई बैंकले बिहीबार गोरखा बजारमा रहेको गोरखा शाखाको औपचारिक उद्घाटन गरेको छ ।

उक्त शाखाको जिल्ला समन्वय समितिका सभापति अशोक गुरुङ र बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त उदघाटन गरेका छन । साथै सोही शाखामा खोलिएको एटिएम सेवाको भने गोरखा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठले उदद्धाटन गरेकी छिन ।

शाखाको उदघाटन गर्दै बैंकका अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने मुलनारालाई आत्मसाथ गर्दै बैंकले १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिएका छन । साथै ढकालले बैंकिङ सेवाको पहुँचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि शाखा विस्तार गर्ने र सम्भव नभएका स्थानमा शाखा रहित बैंकिङ सेवाको माध्यमबाट बैंकिङ सेवा बिस्तार गर्ने बताएका छन ।

साथै बैंकले प्रदान गरिरहेका सुबिधाहरु साना व्यवसायी कर्जा, कृषि कर्जा, होम लोन, रेमिटान्स सुविधालगायतका सेवाको माध्यमबाट यस क्षेत्रको आर्थिक सम्बृद्धिमा टेवापुग्ने विश्वास व्यक्त गरेका छन । बैंकले गोरखामा गोरखाबजार, मनकामना र सिरानचोकगरि ३ वटा शाखा सञ्चालन गरिरहेको छ ।

यसैगरी बैंकले बिहीबार देखी १ सय ३२ औ शाखा र १ सय ३७ औ एटिएम सेवा नवलपरासीको गंैडाकोटमा सञ्चालनमा ल्याएको छ । गैँडाकोटमा खोलिएको नयाँशाखा र एटिएम सेवासंगै बैंकको शाखा संख्या १ सय ३२ र एटिएम सेवा १ सय ३७ पुगेको छ ।

बैंकले १ सय २ शाखारहित बैंकिङ, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त सेवा प्रदान गर्दै आईरहेको छ ।

अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्