काठमाडौ । ग्लोबल आइएमई बैंकले गुल्मीमा मगंलबार देखी २ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकल गुल्मीको गुल्मी दरबार गाउँपालिका १ सय १ औं र सोही गाउँपालिकाको बलिथुममा १ सय २ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । थप शाखा सँगै शाखारहित बैंकिङ सेवा संख्या १ सय २ पुगेको छ ।
बैंकले नारायण प्रसाद अर्याल र उत्तम पुनलाई बजार प्रतिनिधिमा नियुक्त गरिएको छ । यी दुई शाखारहित बैंकिङ सेवा ग्लोबल आइएमई बैंकको गौंडाकोट शाखा अन्तरर्गत रहने बैंकले जानकारी दिएको छ ।
उक्त शाखा मार्फत निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए तथा युटिएल लगायतको महसुल भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
साथै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतबाट समेत प्रतिनिधि मार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।
बैंकले १ सय ३१ शाखा, १ सय ३५ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर र १ सय २ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।