Logo

एनसीसी बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखामार्फत बीमा पोलिसी बिक्री

एनसीसी बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखामार्फत बीमा पोलिसी बिक्री



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच सम्झौता भएको छ ।

बैंकान्स्योरेन्समार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे मंगलबार सम्झौता भएको बैंकले जानकारी दिएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुमार्फत कम्पनीको बीमा पोलिसी बिक्री गरिनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत बि.के. महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्