Logo

ज्योति विकास बैंकको शाखा जनकपुर र सिरहामा, थप ३० शाखा विस्तार गर्दै

ज्योति विकास बैंकको शाखा जनकपुर र सिरहामा, थप ३० शाखा विस्तार गर्दै



काठमाडौं । ज्योति विकास बैंकले धनुषाको जनकपुर र सिरहाको गोलबजारमा शाखा विस्तार गरेको छ ।

जनकपुर शाखाको जनकपुर उप—महानगरपालिकाका मेयर लाल किशोर शाह, नेपाल राष्ट्र बैंक जनकपुरका निर्देशक नरेश शाक्य तथा बैंकका संचालक जगदीश्वर प्रसाद अधिकारीले उदघाटन गरेका हुन ।

त्यस्तै सिरहा शाखाको भने गोलबजार नगरपालिकाका मेयर देबनाथ शाह तथा बैंकका संचालक जगदीश्वर प्रसाद अधिकारीले उदघाटन गरेका हुन ।

बैंकले ६० शाखा तथा २० एटीएम मार्फत सेवा प्रदान गर्दै आई रहेको छ । आर्थिक वर्ष २०७५÷७६ भित्रै थप ३० शाखा तथा २७ स्थानमा एटीएम संचालनमा ल्याउन लागेको बैंकले जानकारी दिएको छ ।

बैंकले हाल २० अर्ब भन्दा बढि निक्षेप संकलन गरी १६ अर्ब रुपैयाँ लगानी गरेको छ । बैंकको हालको चुक्तापूँजी २ अर्ब ५९ करोड रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL