काठमाडौं । प्रभु बैंकले प्रदेश नं. ४ मा २ वटा शाखा विस्तार गरेको छ ।
बैंकले प्रदेश ४ को मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ शाखा बुधबार देखी संचालनमा ल्याएको छ ।
२ शाखा विस्तार सँगै मुस्ताङको सबै गाउँपालिकामा बैंकको पहुँच पुगेको बैंकले जानकारी दिएको छ ।
बुधबार देखी सञ्चालनमा आएका सो शाखा मार्फत त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंले विश्वास लिएको छ ।