Logo

मुक्तिनाथ विकास बैंकको शाखा ठमेलमा, थप ६ स्थानमा विस्तार गर्दै

मुक्तिनाथ विकास बैंकको शाखा ठमेलमा, थप ६ स्थानमा विस्तार गर्दै



काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौंको ठमेलमा शाखा विस्तार गरेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शाखाको उदघाटन गर्दै बैंकिङ कारोवारमा सहज र सरल हुनुपर्नेमा जोड दिएका छन । सहज रुपमा खाता खोली वित्तीय साक्षरता लगायतका सेवा प्रदान गर्न समेत आवश्यक रहेको उनले बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताएका छन ।

बैंकले काठमाण्डौ उपत्यका भित्र १३ स्थानमा शाखा संचालनमा ल्याईसकेको जानकारी दिँदै कुपण्डोल, इमाडोल, भैसेपाटी, ठिमी, ढुङ्गेअड्डा र बत्तीसपुतलीबाट समेत शाखा संचालनमा ल्याउन लागेको जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL