काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरबीच एक सम्झौता भएको छ ।
बैंक र हस्पिटलबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार बैंकले आफ्ना क्रेडिट र डेबिट कार्डबाहक ग्राहकहरु तथा शयेरधनिहरुलाई सहुलियत प्रदान भएको हो ।
सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्डबाहक ग्राहकहरु तथा बैंकका शयेरधनीहरुले हस्पिटलको विभिन्न सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका हुन ।