काठमाडौं । ज्योति विकास बैंक र कैलाश विकास बैंक बीच रेमिट सेवा सम्झौता भएको छ ।
ज्योती बैंकका प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कैलाश बैंकका प्रमूख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले सो सम्झौतामा सोमबार हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुसार ज्योती रेमिट सेवा कैलाश बैंकका सम्पूर्ण शाखा मार्फत प्राप्त गर्न सक्नेछन ।
हाल ज्योति बैंकले ६० शाखा मार्फत सेवा प्रदान गर्दै आईरहेका छन भने यस आर्थिक बर्ष भित्रै थप ३० शाखा संचालनमा ल्याउने तयारी गरेको बैंकले जानकारी दिएको छ ।