Logo

जनता बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई २ थान कम्प्युटर हस्तान्तरण

जनता बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई २ थान कम्प्युटर हस्तान्तरण



काठमाडौं । जनता बैंक नेपालले फुलचोकी आधारभुत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।

बैंकको संस्थागत मामिला प्रमुख छविलाल हुमागाईले पनौती नगरपालिकाका मेयर भीम न्यौपाने मार्फत विद्यालयका प्रधानाध्यापक केशव हुमागाईंलाई २ थान कम्प्युटर हस्तान्तरण गरेको हो ।

कार्यक्रममा मेयर न्यौपानेले पनौती नगरपालिकाको विकट वडाहरुमा महिला स्वास्थ्यको अवस्था नाजुक रहेकाले ति वडाहरुमा बैंक र नगरपालिकाको सहकार्यमा स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन गर्न बैंकलाई आग्रह गरेका छन ।

बैंकले १ सय २२ शाखा, ४० शाखा रहित बैंकिङ, २ सिमित्त बैंकिङ एकाई र २ एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्