काठमाडौ । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआर्ई) र जनता बैंक नेपालबीच सम्झौता भएको छ ।
शुत्रबार एक कार्यक्रमका बीच तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौताअनुसार एनबीआईले जनता बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
सम्झौता अनुसार जनता बैंक ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ इन्ष्टिच्युटबाट न्युनतम ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।
उक्त सम्झौतापत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्री र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको हो ।