काठमाडौं । एनआईसी एशिया बैंकले तनहुँको बन्दीपुरमा शाखा विस्तार गरेको छ ।
बन्दीपुर डुम्रे शाखाको बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले एक कार्यक्रमका बीच बिहीबार उदघाटन गरेका छन ।
बैंकले २ सय ४१ शाखा, २ सय ३८ एटिएम, १४ एक्सटेन्सन काउण्टर तथा १८ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।
बैंकको वासलातको आकार १ अर्ब ८३ करोड रुपैयाँ रहेको छ भने कुलनिक्षेप करिब १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । बेंकको कर्जा भने १ अर्ब २७ करोड रुपैयाँ रहेको छ ।