काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच एक सम्झौता भएको छ ।
मंगलबार एक कार्यक्रमकाबीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता अनुसार सार एनबीआईले एनसीसी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
सम्झौता अनुसार एनसीसी बैंकले आफ्नो कर्मचारीहरुका लागि एनबीआईबाट न्युनतम ५० लाख रुपैयाँ बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।
उक्त सम्झौतापत्रमा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र एनबिआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका हुन ।