Logo

राष्ट्र बैंकको कार्यालयमा प्रदेश २ को ताला, वित्तीय संस्था बन्द गराउन टोली परिचालन

राष्ट्र बैंकको कार्यालयमा प्रदेश २ को ताला, वित्तीय संस्था बन्द गराउन टोली परिचालन



काठमाडौं । २ नम्बर प्रदेश सरकारले जनकपूर स्थित राष्ट्र बैंकको कार्यालयमा ताला लगाएको छ ।

जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सरकारले दिएको बिदा कार्यन्वयन नगरेको भन्दै बैंकमा ताला बन्द गरेको हो ।
आईतबार प्रदेश नंबर २ मा सार्वजनिक बिदा दिए पनि कार्यान्वयन हुन सकेको छैन ।

निजी बैंक तथा वित्तीय संस्था भने खुल्ला रहेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय अन्तर्गतका सबै निकायमा विदा दिइएको छैन ।

दुई नम्बर प्रदेशका गृहमन्त्रीको निर्देशनमा टोलीले राष्ट्र बैंक जनकपुर लगायतका बैंक तथा वित्तीय संस्था बन्द गराउन टोली परिचालन गरेको हो ।

प्रदेशको विदा कार्यन्वयन नभएकोले टोली परिचालन गरिएको श्रोतले जानकारी दिएको छ ।

देवानी संहिता कार्यविधि ५१ अनुसार प्रदेश सरकारले घोषणा गरेको विदा सबै सरकारी तथा वित्तीय संस्थामा लागू हुने नियम भएको श्रोतको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्