Logo

महालक्ष्मी विकास बैंकको नयाँ शाखा बानेश्वरमा, शाखा संख्या ७३ पुग्यो

महालक्ष्मी विकास बैंकको नयाँ शाखा बानेश्वरमा, शाखा संख्या ७३ पुग्यो



काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो नयाँ शाखा मध्येबानेश्वरमा संचालनमा ल्याएको छ ।

बैंकले बुधबारदेखि संचालनमा आउने गरी काठमाडौंको मध्येबानेश्वरमा आफ्नो ७३ औँ शाखा संचालनमा ल्याएको हो ।

बैंकको उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरेका हुन ।

सोही अवसरमा बैंकका सञ्चालन समितिका अध्यक्ष राजेश उपाध्याय तथा सञ्चालक राजेश कुमार रौनियार पनि उपस्थिति थिए ।

बैैंकले हाल देशभरका ७३ वटा शाखा तथा ३५ वटा एटिएम बाट सेवा प्रदान गर्र्र्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL