काठमाडौं । एनआईसी एशिया बैंक र प्राइम लाईफइन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको २ सय ३७ वटै शाखा मार्फत कम्पनीको जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन ।
बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन ।
बैंकले २ सय ३७ शाखा, २ सय ३० एटिएम, १४ एक्सटेन्सन काउण्टर तथा १७ शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।
बैंकको वासलातको आकार १ अर्ब ८२ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै बैंकको कर्जा १ अर्ब २७ करोड रुपैयाँ रहेको छ ।