Logo

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट बीच सम्झौता, कर्मचारीलाई बैकिङ तालिम

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट बीच सम्झौता, कर्मचारीलाई बैकिङ तालिम



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक नेशनल बैंकिङ इन्ष्टिच्युट बीच सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजीब सुब्बाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिम दिने भएको छ ।

बैंकले २ सय ६ शाखा, १ सय ३५ एटिएम तथा ९३ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।

बैंकले गत आर्थिक वर्षको असार समान्तसम्म १ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब रुपैंयाँ कर्जा लगानी गरेको छ । साथै बैंकले ४ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्