काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।
इन्स्योरेन्सका निमित्त महाप्रबन्धक दिनेश अमात्य र बैंकका कार्यकारी अधिकृत जनक शर्मा पौडेलले सो सम्झौता पत्रमा बिहीबार हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुसार ग्राहकले बैंकको कुनै पनि शाखामार्फत जीवन बीमा गराउन सक्नेछन ।
इन्स्योरेन्सले ५० शाखामार्फत सेवा प्रदान गर्दै आई रहेको छ भने बिभिन्न १० योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले ल्याएको योजनामा सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे ३ गुणा रक्षावरण, लगायतका योजना रहेको छ ।