Logo

नाफामा सबैभन्दा अब्बल ‘राष्ट्रिय बाणिज्य बैंक, नाफा ५६ प्रतिशतले बृद्धि गर्दै ४ अर्ब ३२ करोड कमायो

नाफामा सबैभन्दा अब्बल ‘राष्ट्रिय बाणिज्य बैंक, नाफा ५६ प्रतिशतले बृद्धि गर्दै ४ अर्ब ३२ करोड कमायो



काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले आर्थिक बर्ष २०७४/७५ मा ४ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको छ । नेपालमा संचालित बाणिज्य बैंकमध्ये सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक सबैभन्दा बढि नाफा आर्जन गर्न सफल भएको छ ।

प्रतिशतको आधारमा पनि राष्ट्रिय बाणिज्य बैंकको नाफा अघिल्लो आबको तुनामा सबैभन्दा राम्रो रहेको छ । आर्थिक बर्ष २०७३÷७४ मा २ अर्ब ७७ करोड नाफा गरेको सो बैंकले गत आबमा आईपुग्दा आफ्नो नाफामा करिब ५६ प्रतिशतले बृद्धि गरेको तथ्याङ्कले देखाएको छ ।
एनआइडिसी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेसँगै सो बैंकको खराब कर्जामा भने केही बृद्धि भएको छ । आर्थिक बर्ष २०७३/७४ मा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको ३ दशमलव ७७ प्रतिशत रहेकोमा गत आबमा एनआइडिसी प्राप्ती गरसँगै त्यस्तो कर्जा बढेर ४ दशमलव २५ प्रतिशत पुगेको छ ।

यसैगरी बैंकको चुक्ता पूँजी ९ अर्ब रुपैयाँ भन्दा बढि रहेको छ भने जगेडा कोषमा ८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । एआइडिसी प्राप्तीसँगै बैंकको जगेडा कोष ह्वात्तै बढ्न गएको हो ।

कुल १ खर्ब ६९ अर्ब निक्षेप संकलन गरेको सो बैंकले हालसम्म १ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी बढेर ५४ रुपैयाँ पुगेको छ भने स्प्रेड दरमा सामान्य परिवर्तन गर्दै ४ दशमलव ९५ प्रतिशत पुर्याएको छ ।

बैंकको कर्जा तथा लगानी १३ दशमलव ५६ प्रतिशतले बढ्दा निक्षेप संकलन भने १० दशमलव २६ प्रतिशते बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL