Logo

सिटिजन्स बैंक इन्टरनेसनलको शाखा टोखामा, शाखा संख्या ७९ पुग्यो

सिटिजन्स बैंक इन्टरनेसनलको शाखा टोखामा, शाखा संख्या ७९ पुग्यो



काठमाडौं । योर पार्टनर फर प्रोग्रेस भन्ने नारालाई आत्मसाथ गर्दै सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले मंगलबार काठमाडौंको टोखामा आफ्नो ७९ आँै शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखाको बैंकका सहायक प्रमुख बोधराज देवकोटाले उद्घाटन गरेका हुन । बैंकले उक्त शाखामार्फत रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु हरु पनि प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकले हाल देशभर ७९ वटा शाखा, ७१ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाई बाट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL