Logo

इन्भेष्टमेन्ट बैंकले कमायो ३ अर्ब ५७ करोड रुपैयाँ, यस्तो प्रतिसेयर आम्दानी

इन्भेष्टमेन्ट बैंकले कमायो ३ अर्ब ५७ करोड रुपैयाँ, यस्तो प्रतिसेयर आम्दानी



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक बर्ष २०७४/७५ मा ३ अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो बर्षको तुलनामा ४६ करोड अर्थात १४ प्रतिशतले बढि हो । बैंकले खुद नाफा बढि कमाएपनि एनएफआरएस अनुसार सो बराबरको वितरणयोग्य नाफा आर्जन गरेको हो ।

बैंकको ब्याज आम्दानीमा बृद्धि हुँदा समग्र नाफामा बृद्धि भएको हो । सो अबधिमा बैंक बैंकले १३ अर्ब २२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । असार मसान्तसम्ममा बैंकले १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । हाल बैंकको चुक्ता पूँजी चुक्ता पूँजी १० अर्ब ६४ करोड रपैयाँ छ भने जगेडा कोषमा ११ अर्ब ६६ करोड रुपैयाँ छ ।

सो अबधिमा बैंकको खराब कर्जा भने बढेको वित्तीय विवरणले देखाएको छ । यसअघि बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको शुन्य दशमलव ८३ रहेकोमा बढेर १ प्रतिशभन्दा माथि पुगेको छ ।

सो अबधिमा बैंकको स्प्रेड दर उच्च बढेर ४ दशमलव ५९ प्रतिशत पुगेको छ भने प्रतिसेय आम्दानी पनि बढेर ३३ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL