काठमाडौं । महालक्ष्मी बिकास बैंकले आफ्ना ग्राहकको लागि कर्जा सुविधा ल्याएको छ । बैंकले आवस, शिक्षा तथा अन्य आवश्यकतालाई सहजताका महालक्ष्मी घर कर्जा, महालक्ष्मी शैक्षिक कर्जा तथा महालक्ष्मी साना तथा मझौला कर्जाको सुविधा ल्याएको हो ।
मानिसहरुको घरघडेरी जोड्ने तथा उच्च शिक्षा हाँँँँसिल गर्ने सपना केवल पुँजीको अभावमा पुरा हुन नसकेको कुरालाई मध्यनजर गरी बैंकले उक्त योेजनाहरु ल्याएको जानकारी दिएको छ ।
सो योजना मार्फत ग्राहकहरुले घर कर्जामा ५ लाख देखि ५ करोड रुपैयाँ सम्मको कर्जा र शैक्षिक कर्जामा ५ लाख देखि १ करोड रुपैयाँ सम्मको कर्जा प्राप्त गर्न सक्नेछन ।
उल्लेखित कर्जाहरु मात्र वार्षिक १२ दशमलव ९९ प्रतिशतको ब्याजदरमा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।
२० वर्ष सम्मको अधिकतम अवधिको किस्तामा उपलब्ध हुने महालक्ष्मी घर कर्जा अन्तर्गत, ग्राहकले आवासीय जग्गा, तयारी घर वा अपार्टमेन्ट खरिद, घर निर्माण वा मर्मत सम्भार गर्न सक्नेछन ।
उक्त सुबिधा अन्तर्गत कर्जा स्वाप गर्न पनि सकिनेछ । महालक्ष्मी शैिक्षक कर्जामा भने स्वदेश वा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीले आफ्ना लागि वा अभिभावकले आफ्ना बालबच्चाका लागि उल्लेखित कर्जा लिन सक्नेछन ।
यस कर्जा अन्तर्गत पहिलो ५ वर्षसम्म ब्याज मात्र बुझाए पुग्ने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।