एनआईसी एशिया बैंक र जनरल ईन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
आइतबार एक कार्यक्रमका बीच उक्त सम्झौताको सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
एनआईसी एशिया बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र जनरल इन्स्योरेन्सका महाप्रबन्धक एस के तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्वन्धी सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने बैंकले जानकारी दिएको छ ।