काठमाडौं । मुक्तिनाथ विकास बैंक र ब्लु क्रस अस्पताल बीच एक सम्झौता भएको छ ।
बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ब्लु क्रस अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन ।
उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले ब्लु क्रस अस्पताल त्रिपुरेश्वरमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको बताइएको छ ।