Logo

आइएमई लाइफ इन्स्योरेन्स र नेपालबंगलादेश बैंक बीच सम्झौता, इन्स्योरेन्सको १० बीमा योजना

आइएमई लाइफ इन्स्योरेन्स र नेपालबंगलादेश बैंक बीच सम्झौता, इन्स्योरेन्सको १० बीमा योजना



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र नेपालबंगलादेश बैंक बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

इन्स्योरेन्स कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्य र बैंकका नायब कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार बैंकका ग्राहकले बैंकका सबै शाखा मार्फत इन्स्योरेन्स कम्पनीको जीवन बीमा गराउन सक्नेछन ।
इन्स्योरेन्सले ५० स्थानबाट बिभिन्न शाखा मार्फत सेवा प्रदानगर्दै आइरहेको छ ।

कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, आजिवन लगायतका १० बीमा योजना ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्