काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो १७ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।
बैंकले बुधबार एक कार्यक्रमका बीच गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा उक्त सेवा संचालनमा ल्याएको हो ।
उक्त सेवाको गुल्मीदरबार गाउँपालिकास्थित वडा नं ७ का वडा अध्यक्ष हिरा बहादुर खत्रीले गरेका हुन । साथै उक्त सेवाको लागि स्थानीय खुमलाल अर्याललाई नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकले हाल २ सय ३६ शाखा कार्यालय, २ सय २९ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।