काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एकै साथ ८ शाखा संचालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेश कार्यालय र गण्डकी प्रदेश अन्तरर्गत ८ वटा शाखा कार्यालय बुधबार देखि संचालनमा ल्याएको छ ।
बैंकले संचालनमा ल्याएको गण्डकी प्रदेशका शाखाहरुमा बगर, बिरौटा, तालचोक, दुलेगौंडा, भिमाड, कुस्मा, बाग्लुङ र बेनी रहेका छन । गण्डकी प्रदेश कार्यालयको उदघाटन भने गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरेका छन ।
त्यस्तै ८ वटा शाखा कार्यालयहरुको उदघाटन भने बैंकका अध्यक्ष श्रेष्ठले गरेको बैंकले जानकारी दिएको छ । शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगाएतका सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने भएको छ ।
काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९१ शाखा र २ वटा एक्स्टेन्सन काउन्टरका साथै १० वटा शाखारहित बैंकिङ गरी १ सय २१ स्थानबाट सेवा संचालन गर्दै आईरहेको छ ।
बैंकको गत असार मसान्त सम्ममा कुल निक्षेप ६१ अर्ब ३२ करोड रुपैयाँ तथा कुल कर्जा ५५ अर्ब रुपैयाँ पुगेको छ ।