Logo

एनआईसी एशिया क्यापिटलले शुरु गर्याे संध्याकालीन काउण्टर, अब बेलुका पनि सेवा लिन सकिने

एनआईसी एशिया क्यापिटलले शुरु गर्याे संध्याकालीन काउण्टर, अब बेलुका पनि सेवा लिन सकिने



काठमाडौं । एनआईसी एशिया क्यापिटलले सन्ध्याकालीन काउन्टर सेवा संचालनमा ल्याएको छ । कम्पनीले आइतबारदेखि संचालनमा ल्याउने गरी काठमाडौंस्थित बबरमहल शाखामा शनिबारबाहेकका दिनमा संध्याकालीन सेवा सुरु गरेको हो ।\

कम्पनीको उक्त शाखाबाट अब आइतबारदेखि बिहीबारसम्म संध्याकालीन समय दिउसो ४ बजेदेखि बेलुका ६ बजेसम्म संचालनमा ल्याउनेछ । साथै शुक्रबार भने संध्याकालीन काउन्टर दिउसो २ बजेदेखि ४ बजेसम्म संचालनमा आउने भएको हो ।

उक्त सन्ध्याकालीन काउन्टरमार्फत हितग्राही खाता खोल्ने आवेदन फारम संकलन, शेयर प्रमाणपत्र तथा लाभाँश विवरण, शेयर अभौतिकरण गर्ने, लगानि व्यवस्थापन तथा परामर्श सेवा लगायतका सेवाहरुका साथै दैनिक रुपमा प्रदान गरिने अन्य सम्पूर्ण सेवाहरु उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

सेवाग्राहीहरुको व्यस्ततालाई मध्येनजर राख्दै यो सेवा सञ्चालनमा ल्याइएको पनि कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्