Logo

ज्योति विकास बैंकको शाखा विर्तामोडमा, शाखा संख्या ६० पुग्यो

ज्योति विकास बैंकको शाखा विर्तामोडमा, शाखा संख्या ६० पुग्यो



काठमाडौं । ज्योति विकास बैंकले झापाको विर्तामोडमा शाखा संचालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी तथा बैंकका संचालक धुव्र कोईरालाले शुक्रबार एक कार्यक्रमका बीच उदघाटन गरेका हुन ।

शिवाकोटीले विर्तामोड नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैंकिङ सेवा प्रदान गर्ने विस्वास लिएको बताएका छन ।

बैंकले विपन्न परिवारका लागि लघु कर्जा देखि ठुला औद्योगिक कर्जा दिन सक्षम रहेको साथै सबै शाखा मार्पmत आधुनिक बैंकिङ सेवा प्रदान गर्ने बताएका छन ।

बैकलै टोखा र पोखरा शाखा कार्यालयबाट समेत नयाँ एटीएम सेवा सुरुवात गरेको छ ।

बैंकले ६० शाखा कार्यालय तथा २० एटीएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । आर्थिक वर्ष भित्रै थप ३० नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जानकारी दिएको छ ।

बैंकले १९ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब १० करोड रुपैयाँ ऋण लगानी गरेको छ भने बैंकको हालको चुक्तापूँजी २ अर्ब ५९ करोड रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्