काठमाडौं । एनआईसी एशिया बैंक र सिटिजन लाईफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको २ सय ३३ वटै शाखाबाट बीमा पोलिसी खरिद गर्न सक्नेछन ।
बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सम्झौता पत्रमा बिहीबार हस्ताक्षर गरेका छन ।
बैंकले २ सय ३३ शाखा, २ सय २४ एटिएम, १४ एक्सटेन्सन काउण्टर तथा १५ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकको वासलातको आकार १ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।
साथै बैंकको कुल कर्जा करिब १ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।