Logo

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा सर्लाहीमा, सेवा संख्या २३ पुग्यो

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा सर्लाहीमा, सेवा संख्या २३ पुग्यो



काठमाडौं । सनराइज बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित महारानी बजारमा आफ्नो शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रमका बीच बैंकले आफ्नो २३ औँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन ईश्वरपुर नगरपालिकाका अध्यक्ष राम करण महतोले गरेका हुन । सेवाको लागि अमरसिंह कुशवाहालाई पोइन्ट अफ सेल मेसिन बर्दिबास शाखाका प्रवन्धक दिपेश ढकालले हस्तान्तरण गरेका छन ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL