Logo

शाखा विस्तारमा तिव्रता दिँदै सेञ्चुरी कमर्सियल बैंक, एकैदिन खोल्यो ३ नयाँ शाखा

शाखा विस्तारमा तिव्रता दिँदै सेञ्चुरी कमर्सियल बैंक, एकैदिन खोल्यो ३ नयाँ शाखा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना थप नयाँ ३ शाखा विस्तार गरेको छ ।

बैंकले सोमबार बैंकिङ पहुच थप जनता माझ पु¥याउने उद्देश्यले चितवनकोे टांडी, महोत्तरीको बर्दिबास र धनुषाकोे बिरेन्द्रबजारमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरेका हुन ।

बैंकले हाल काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ इकाईबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्