Logo

राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स बीच सम्झौता, बैंकका ग्राहकलाई युनाईटेड इन्स्योरेन्स सेवा

राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स बीच सम्झौता, बैंकका ग्राहकलाई युनाईटेड इन्स्योरेन्स सेवा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल) बीच आइतबार बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र इन्स्योरेन्सका का.मु. प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार बैंकका ग्राहकले युनाइटेड इन्स्योरेन्स मार्फत आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा गर्न पाउने भएका छन ।

बैंकले २ सय ४ शाखा, १ सय ३५ एटिएम र ९३ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको गत आ.व.को आषाढ समान्त सम्ममा १ खर्व ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्व २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्