काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले एकै पटक ५ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ ।
लघुवित्तले तनहुँको मानपुर, गोरखाको भिमसेन, गुल्मीको छत्रकोट, नवलपुरको वुङ्दीकाली र परासीको बर्दाघाटमा उक्त नयाँ शाखाहरु संचालनमा ल्याएको हो ।
नयाँ शाखाहरुमा सदस्यहरुलाई प्रथम कर्जा वितरण गर्दै शाखाको औपचारीक शुभारम्भ गरिएको लघुवित्तले जानकारी दिएको छ ।
हाल उक्त लघुवित्तले पश्चिमाञ्चल क्षेत्रका १० वटा जिल्लामा २० वटा शाखा संचालनमा ल्याएको छ ।
यसका साथै छीट्टै नै सर्वसाधारणलाई २ लाख ४० हजार कित्ता शेयर निष्काशन गर्ने तयारी गरिरहेको पनि लघुवित्तले जानकारी दिएको छ ।