Logo

कम्पनी रजिष्ट्रारमा दर्ता भयो कतारको दोहा बैंक, राष्ट्र बैंकबाट लाईसेन्स लिएर काम सुरु गर्दै

कम्पनी रजिष्ट्रारमा दर्ता भयो कतारको दोहा बैंक, राष्ट्र बैंकबाट लाईसेन्स लिएर काम सुरु गर्दै



काठमाडौं । कतारको सबैभन्दा ठुलो वाणिज्य बैंक ‘दोहा बैंक’ले नेपालमा पनि आफ्नो कारोबार सुरु गर्नका लागि दर्ता भएको छ । नेपालमा सम्पर्क कार्यालय संचालनका लागि दोहा बैंक असार ३२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो ।

दोहा बैंकले नेपालमा सम्पर्क कार्यालय स्थापनाका लागि १ अर्ब रुपैयाँभन्दा माथी अधिकृत पूँजी राखेर दर्ता भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जानकारी दिएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर आएसँगै दोहा बैंकलाई संचालनका लागि लाइसेन्स दिइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पैडेलले जानकारी दिए । अबका दिनमा दोहा बैंकले नेपालमा प्रतिनिधि कार्यालय राखेर काम गर्न सक्ने समेत उनको भनाई थियो ।

दोहा बैंकलाई नेपालमा पनि प्रतिनिधि कार्यालय खोल्न राष्ट्र बैंकले २०७५ बैशाखमा स्वीकृत दिएको थियो । साथै राष्ट्र बैैंकले दोहा बैंकलाई नेपालमा प्रतिनिधि कार्यालय स्थापनाका लागि स्थान छनोट गर्न तथा स्थायी कर्मचारी नियुक्ती गर्न लाईसेन्स पनि दिएको जानकारी दिएको छ ।

दोहा बैंकले नेपालमा कारोबार सुरु गरेमा नेपालको अन्तरराष्ट्रिय सम्बन्धमा सुधार आउनुका साथै अन्तरराष्ट्रिय ब्यापार विस्तारका लागि सहजीकरण हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

दोहो बैंकले हालसम्म कुवेत, दुवइ, भारतलगायतका देशमा शाखा कार्यालय संचालनमा ल्याएको छ । साथै जापान, चीन, सिंगापुर, हङकङ, दक्षिण अफ्रिका, दक्षिण कोरिया, अस्ट्रेलिया, टर्की, वेलायत, क्यानडा, जर्मनी, वंगलादेशमा भने प्रतिनिधि कार्यालय रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL